कुमारी बैंकले सार्वजनिक गर्ने गरेको वित्तीय विवरण नै ‘फेक’ भएको प्रमाण बाहिरियो, क्षितिज खड्काले इमेलमै भने -‘फाइल लुकाउनू’

काठमाडौँ । तपाईंले केहि त्रैमास यता देखि मिडियाका हेडलाइनमा कुमारी बैंकको अचम्मको नाफा वृद्धिसम्बन्धि खबर पक्कै पढ्नुभएको होला । सबैतिर संकट परिरहेका बेला थुप्रै फाइल बिग्रिएको कुमारी बैंक एकाएक हजारौँ प्रतिशत बढी नाफामा कसरी पुग्यो होला ? भन्ने प्रश्न चौतर्फी रुपमा उठिरहेका बेला, कुमारी बैंकले खराब कर्जाका फाइल लुकाएर शंकास्पद वित्तीय विवरण सार्वजनिक गर्ने गरेको प्रमाण बाहिरिएको छ ।
बैंकले राष्ट्र बैंकको इन्सपेक्सनका क्रममा इमेल नै गरेर कर्मचारीहरुलाई प्रोभिजनिङ गर्नुपर्ने फाइल लुकाउन भन्ने गरेको, र वित्तीय विवरणमासमेत प्रोभिजनिङ्ग गर्नुपर्ने फाइललाई गुड फाइल देखाएर धेरै नाफा हुनेगरी छेडखानी गर्ने गरेको प्रमाण बैंकिङ संसारले फेला पारेको छ ।
नेपाल राष्ट्र बैंकको प्रचलित कानुनी व्यवस्था अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले लिलामी प्रक्रिया अगाडी बढाएको फाइल अनिवार्य रुपमा ‘प्रोभिजनिङ’ गर्नुपर्छ । तर बैंक लिलामी प्रक्रिया अघि बढाउँदो रहेछ, तर वित्तीय विवरणमा सो फाइलहरु गुड फाइल भनेर देखाउँदो रहेछ । अनि जव, राष्ट्र बैंक इन्सपेक्सन गर्नका लागि पुग्छ, तव बैंक इमेल नै गरेर कर्मचारीलाई सो फाइल लुकाउन उर्दी जारी गर्दो रहेछ । यसरी आफु आन्तरिक प्रयोजनका लागि फाइल छुट्टै र राष्ट्र बैंकले खोजेको खण्डमा देखाउन छुट्टै फाइल राख्न भन्ने गर्ने काम अति बढी भएपछि कर्मचारीले नै यो तथ्य छताछुल्ल पारेका हुन् ।
यहाँ, कुमारी बैंकले लिलामी प्रक्रिया सुरु गरिसकेका फाइललाई पनि ‘सक्रिय कर्जा’ भनेर एकातर्फ एनपीएल लुकाएको देखियो भने अर्कोतर्फ सेयरधनीहरुलाई झुक्याएको देखियो । राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम त बैंकले गर्यो नै ।
बैंकले लिलामी प्रक्रिया अघि बढाएर ऋणी बाट पैसा उठाउन खोजेको तथ्यलाई अन्यथा मान्न सकिन्न । तर, एउटा प्रक्रिया अघि बढिसकेपछि बाँकी प्रक्रिया पनि कानुन बमोजिम हुनुपर्ने हो । तर कुमारी बैंकले राष्ट्र बैंकलाई ढाँट्यो । सेयरधनीहरुलाई फेक वित्तीय विवरण देखाएर घात गर्यो ।
बैंकले यस्तै बदमासी गरेर एक पटक त ४५ हजार प्रतिसत सम्म नाफा बढाएको भन्दै रिपोर्टसमेत निकालेको थियो । त्यहि बेला सोझा सेयर लगानीकर्ताले सो सेयर किने, बैंकको भित्री बिजोग स्थिति थाहा पाएकाले बेचे । यहाँ किन्नेहरुमाथि धोका भयो । एक पटक यस्तो गर्दा राष्ट्र बैंकले केहि नगरेपछि फेरी बैंक यस्तै काममा लागिरह्यो । अव प्रश्न उठेको छ, हिजो पो राजनीतिक संरक्षणका आधारमा जे पनि गर्न मिल्थ्यो होला, अव बालेन सरकार आएपछि राष्ट्र बैंक जाग्नु पर्दैन ? यो त सरासर मनपरी भएन र ? वित्तीय विवरणको पुछारमा सब विवरण ठिक हुन्छ भनेर लेखिएकै हुन्छ, नभए त्यसको जिम्मेवारी लिन्छु भन्ने आशय पनि हुन्छ । अनि हाकाहाकी यस्तो मनपरी गर्न पाइन्छ ?
यता बैंकका सूचना अधिकारी चन्दन कार्कीले बैंकले फेक रिपोर्ट सार्वजनिक गरेको भए राष्ट्र बैंक र इन्टरनल अडिटसमेतले हेर्ने बताए । तर सीइओले नै यस्तो गर्न निर्देशन दिएपछि सबै कर्मचारीले राष्ट्र बैंक आउने बेलामा फाइलहरु लुकाउने कर्मचारीहरुको भनाई छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै