सानिमा बैंकले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। सानिमा बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लभांश दिने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले ८.२५ प्रतिशत अग्राधिकार सेयर पनि वितरण गर्ने निर्णय गरेको छ। हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्