राष्ट्र बैंकमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। राष्ट्र बैंकको कार्यकारी निर्देशक नरेश शाक्यको अवकाशसँगै रिक्त कार्यकारी निर्देशकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिलाको बढुवा भएको हो ।

नगिलाको कार्यकारी निर्देशकमा बढुवासँगै केही कार्यकारी निर्देशकको जिम्मेवारी पनि हेरफेर भएको राष्ट्र बैंकले जनाएको छ।

बढुवा भएका नागिलाको जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा पदस्थापन भएको छ।

त्यस्तै जनशक्ति व्यवस्थापनि विभागमा रहेका गुरुप्रसाद पौडेले गभर्नरको कार्यालय सरुवा भएका छन्। गभर्नर कार्यालयमा रहेका मुक्तिनाथ सापकोटाको संथागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै