काठमाडौँ । आईसिएफसी फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो।
उक्त विवरण अनुसार कम्पनीको नाफा घटेको पाइएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २०.६७ प्रतिशतले घटेको हो ।
कम्पनीले कुल २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी बढेर ६४ करोड ५४ लाख पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज २ करोड ३२ लाख रुपैयाँ छ भने सञ्चालन नाफा ३७ करोड ५१ लाख रुपैयाँमा सिमित भएको विवरणमा देखिएको छ।
यता कम्पनीको वितरणयोग्य नाफा १४ करोड १७ लाख रुपैयाँ रहेको छ । साथै, कम्पनीको प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ९८ पैसा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ५ रुपैयाँ ८२ पैसाले घटेर २२ रुपैयाँ ३३ पैसा पुगेको छ। कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको निक्षेप १९ अर्ब ९९ करोड रुपैयाँबाट बढेर २२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको कर्जा प्रवाह १८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

