National

‘कर्जाको ब्याज एकल अङ्कमा आएको अवसरलाई सदुपयोग गर्नुपर्छ’: डेपुटी गर्भनर ढुङ्गाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर निलम ढुङ्गानाले कर्जाको ब्याज एकल अङ्कमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएकी छिन् । राष्ट्र बैंकको वार्षिकोत्सवको कार्यक्रममा शुक्रबार उनले यस्तो बताएकी हुन् ।

डेपुटी गर्भनर ढुङ्गानाले आर्थिक शृङ्खलामा अवरोध आउँदा पनि नेपाल राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको जानकारी दिएकी छिन् ।

उनले उक्त कार्यक्रममा अहिले खराब कर्जा, गैर बैंकिङ सम्पत्ति बढिरहेको चुनौतीका बिच पनि रेमिट्यान्स बढेको बताएकी छिन् ।

त्यस्तै, हाल बैंकिङ क्षेत्रमा अराजकता बढी रहेको हुँदा गलत गर्नेलाई कानुनी दायरामा ल्याउने जनाएकी छिन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime