National

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर ढकालसहित विभिन्न पदबाट अन्य कर्मचारीहरू सम्मानित

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल सम्मानित भएका छन् । राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा पूर्व गभर्नरसहित विभिन्न पदबाट अन्य कर्मचारीहरू सम्मानित भएका छन् ।

सो समारोहमा दीर्घसेवा पदकबाट ३ जना, नेपाल राष्ट्र बैंक कर्मचारी सेवा पुरस्कारबाट चार जना  र सर्वोत्कृष्ट कर्मचारीको पदकबाट एक जना सम्मानित भएका छन् ।

सम्मानित हुनेमा बैंकिङ विभागमा २० वर्ष काम गरेका कार्यकारी निर्देशक विष्णु थापा, गभर्नर कार्यालयमा कार्यरत निर्देशक डिल्लीराम पोखरेल र भुक्तानी प्रणाली विभागमा कार्यरत लक्ष्मीप्रसाद प्रसाईं रहेका छन् ।

त्यस्तै,  सिद्धार्थ नगरमा कार्यरत सुवराती पठान, टक्सार महाशाखामा कार्यरत कामु निर्देशक श्यामकुमार श्रेष्ठ, जनकपुर कार्यालयमा कार्यरत प्रियङ्का ठाकुर र कानुन महाशाखामा कार्यरत सुमन आचार्य उत्कृष्ट कर्मचारीबाट सम्मानित भएका हुन् ।

यता निर्देशक किरण पण्डित भने सर्वोत्कृष्ट कर्मचारीको पदबाट सम्मानित भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै