National

सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई नेपाल राष्ट्र बैंकद्धारा सम्मान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई सम्मान गरेको छ । बैंकको वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९-८० मा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक तथा रेमिटेन्स कम्पनीलाई राष्ट्र बैंकले सम्मानित गरेको हो ।

सो समारोहमा राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मान गरेको हो ।

वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक २१.१ प्रतिशत, हिमालयन बैंकले २०.६ प्रतिशत र नेपाल एसबीआई बैंकले १९.१ प्रतिशत रेमिटेन्स भित्र्याएका हुन् ।

त्यस्तै, राष्ट्र बैंकले कुल २७.५ प्रतिशत रेमिटेन्स भित्र्याउने आइएमईलाई पनि सम्मान गरेको छ । बैंकले १४.९ प्रतिशत रेमिटेन्स भित्र्याउने सिटी एक्सप्रेस र १२.१ प्रतिशत रेमिटेन्स भित्र्याउने इसेवालाई समेत सम्मान गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै