National

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १६७.१५ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १६७.१५ प्रतिशत खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८२ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी समीक्षा अवधिसम्म बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ६.१६ प्रतिशतले बढेको हो ।

कम्पनीले तेस्रो त्रैमाससम्म ५९ करोड ८९ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा २०.९६ प्रतिशतले धेरै हो । कर्मचारीका लागि ३४ करोड १४ लाख रुपैयाँ खर्च गरेको संस्थाको अन्य सञ्चालन खर्च भने ६ करोड ७४ लाख रुपैयाँ रहेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४२ करोड १५ लाख रुपैयाँको व्यवस्था गरेको छ ।

त्यसैगरी अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात अहिले बढेर ८.२६ प्रतिशत पुगेको छ । संस्थाको निक्षेप संकलन ८ अर्ब ७६ करोड र कर्जा प्रवाह १९ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने संस्थाको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँ बराबर छ ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५.५१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी (ईपीएस) समीक्षा अवधिसम्म बढेर १४.७२ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै