National

वाणिज्य बैंकहरूको आधार दर घट्यो, सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको

काठमाडौँ । वाणिज्य बैंकहरूको आधार दर घटेको पाइएको छ । चैत महिनाको तुलनामा वैशाखमा २० वटा वाणिज्य बैंकहरूको आधार दर ०.३० प्रतिशतले घटेको हो ।

वाणिज्य बैंकहरूको औसत आधार दर चैत महिनामा ९.०५ प्रतिशत रहेको थियो । हाल वाणिज्य बैंकहरूको औसत आधार दर ८.७५ प्रतिशतमा कायम रहेको छ ।

त्यस्तै, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकबाहेक बाँकी वाणिज्य बैंकको बेस रेट एकल अङ्कमा आएको हो ।

सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको आधार दर ७.३६ प्रतिशत रहेको छ । यस्तै, एभरेष्ट बैंकको आधार दर ७.५३ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.४२ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime