National

मेरो माइक्रोफाइनान्स लघुवित्तले सम्पन्न गर्यो अभिभुखिकरण तथा पूर्व सेवाकालीन तालिम

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अभिभुखिकरण तथा पूर्व सेवाकालीन तालिम सम्पन्न गरेको छ । कम्पनीले नवनियुक्त  कर्मचारीहरूलाई ३ दिने अभिभुखिकरण तथा पूर्व सेवाकालीन तालिम दिएर सम्पन्न गरेको हो ।

सो तालिममा २२ जना कर्मचारीहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कर्मचारीहरूलाई संस्था सम्बन्धी कामहरू, नीतिनियमको बारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिम दिइएको हो ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्थाका ग्राहकहरूलाई  चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने जानकारी दिएका छन् । साथै, कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।

संस्थाले मुलुकभर १ सय ४९ शाखा  कार्यालयहरू, २४ अनुगमन कार्यालयहरूमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime