National

लक्ष्मी सनराइज बैंकद्धारा २ वटा शाखा स्थानान्तरण, ग्राहकलाई बैंकिङ सेवाको पहुँच अझ सहज रुपमा दिने बैंकको विश्वास

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आफ्नो २ वटा शाखा स्थानान्तरण गरेको छ ।  बैंकले काठमाडौँ उपत्यकाभित्र रहेको २ वटा शाखा स्थानान्तरण गरेको हो ।

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्जमा रहेको २ शाखामध्ये एउटा शाखा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकाको वडा नं २ बालकोटमा स्थानान्तरण गरेको छ ।

त्यसैगरी काठमाडौँ महानगरपालिका पेप्सीकोलामा रहेको २ शाखामध्ये एउटा शाखा भक्तपुर जिल्लास्थित मध्यपुर ठिमी नगरपालिकाको वडा नं ८ बोडेमा स्थानान्तरण गरेको हो ।

सो शाखाहरू स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैंकिङ सेवाको पहुँच अझ सहज रुपमा दिने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै