लक्ष्मी सनराइज बैंकको सिइओमा सुमेद भट्टराई नियुक्त

काठमाडौँ। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। कात्तिक १५ गतेदेखि लागू हुनेगरी सिइओमा सुमेद भट्टराई नियुक्त भएका हुन्।

बैंकको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्