National

जग्गाको भाउ घटेपछि बैंकहरुलाई धितो लिलामीमा समस्या, पुनर्मूल्यांकन गर्दा समस्या देखिएपछि बैंकरहरु झन् तनावमा

काठमाडौँ । जग्गाको भाउ घटेपछि बैंकहरुलाई धितो लिलामीमा समस्या आएको देखिएको छ । पछिल्लो समय जग्गाको भाउ ४० प्रतिशतसम्म घटेपछि बैंकलाई धितो लिलामीमा समस्या परेको हो । जग्गा पूरा बेच्दा आउने मूल्य भन्दा ऋण रकम बढी हुँदा बैंकहरुलाई समस्या परेको हो ।

केहि समय अगाडीसम्म धितो हेरेर लगानी गरेका बैंकहरु अहिले सो ऋण उठ्न नसकेर तनावमा छन् । अझ अघिल्लोपटकको मूल्यांकनको तुलनामा पुनर्मूल्यांकन गर्दा जग्गाको भाउ ४० प्रतिशतसम्म घटेपछि बैंकहरु तनावमा देखिएका हुन् । यहि कारण बैंकहरुले पुनर्मूल्यांकन गर्न नै छोडेका छन् । पुन: मूल्यांकन गर्दा जग्गाको भाउ कम आउने र ऋणीसँग थप धितो माग्नुपर्ने अवस्था हुने हुँदा बैंकहरुले पुन : मूल्यांकन नै गर्न छोद्केआ हुन् ।
बैंकरहरुका अनुसार नयाँ, पूरानो सबै धितोको मूल्य घटेको छ ।
यता मूल्य घट्दा पनि किन्ने ग्राहकहरु पाइएको अवस्था छैन । लिलाम सकार्नेहरु त झन् नगन्य छन् ।
‘एक पटक नबिकेपछि मूल्य घटाएर नै जग्गा बिक्रीको विज्ञापन गर्दा पनि जग्गा नबिकिरहेको अवस्था भएकाले पनि न ग्राहकले जग्गा बेच्ने स्थिति छ, न बैंकहरुले धितो सकार्ने स्थिति छ ।’ एक बैंकर भन्छन्- ‘जग्गाको स्थिति त सार्है गाह्रो भईसक्यो ।’
केहि समययता जग्गाको भाउ निरन्तर घटिरहेको छ । घटेको मूल्यमा पनि ग्राहकहरु जग्गा किन्न तयार देखिएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

tax