National

कामना सेवा विकास बैंकले निर्माण गरेको स्वास्थ्य प्रयोगशाला पोखरा विश्वविद्यालयलाई हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले निर्माण गरेको स्वास्थ्य प्रयोगशाला पोखरा विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच बैंकले स्वास्थ्य प्रयोगशाला हस्तान्तरण गरेको हो ।

बैंकले पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमामा उक्त हस्तान्तरण गरेको छ । उपकुलपति अर्यालको उपस्थितमा उक्त स्वास्थ्य प्रयोगशाला कामना सेवा विकास बैंकका सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकवहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरूले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताएका छन् । उनले विश्वविद्यालय स्थापना देखिनै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएता पनि हाल शिक्षण अस्पतालले १ सय शैयाको सञ्चालन अनुमति प्राप्त गरिसकेको पनि जानकारी गराए ।

यस्तै उनले १ सय शैयाको अनुमति प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे भने उक्त कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपकवहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरूमा विश्वविद्यालयलाई पुर्याएको योगदानको कदर गरे ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले आगामी दिनहरूमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरूमा समेत साझेदारी गर्ने बताएका छन् । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा विभिन्न सङ्कायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

tax