भोटेकोशी बाढी अपडेट: १ हजार ४५३ जनाको शव फेला, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू अझै बेपत्ता, खोजिकार्य जारी !

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ८ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो ।

साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो भने कतिपय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू अझै बेपत्ता भएका छन्।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार ६० गरी कुल ३ हजार ३८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै, पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २१५ जना व्यक्तिहरूलाई राखिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्