काठमाडौँ। महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।
बैंकले प्रधान कार्यालयमा कार्य गर्नका लागि कम्प्लायन्स विभाग प्रमुखअन्तर्गत सिनियर म्यानेजर, म्यानेजर वा डेपुटी म्यानेजर पदमा एक जना, सूचना प्रविधि विभागअन्तर्गत क्लाउड, विन्डोज तथा लिनक्स इन्फ्रास्ट्रक्चरका लागि सिस्टम एडमिनिस्ट्रेटर पदमा अफिसर वा जुनियर अफिसर एक जना तथा सिस्टम सपोर्टका लागि सुपरभाइजर, सिनियर असिस्टेन्ट वा असिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो।
इच्छुक व्यक्तिले असोज २१ गतेभित्र बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।



