काठमाडौँ। सुनसरीमा हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सुनसरी जिल्ला धरान उपमहानगरपालिका २३ का ज्योति शाहीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता गरिएको फर्ममार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा बैंक खाता खोली सञ्चालन गर्दै हुन्डी कारोबार गरेको देखिएको छ।
अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत करिब ५२ वटा बैंक तथा वित्तीय संस्थाका खातामा करिब रु. १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ बराबरको रकम कारोबार भएको पाइएको प्रहरीले जनाएको छ।
हुन्डीमार्फत कारोबार गरेको आरोपमा पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सूचनासहित:



