National

अन्तर बैंक हाजिरजवाफ प्रतियोगितामा नेपाल एसबिआई प्रथम

काठमाडौँ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा भएको हाजिरजवाफ प्रतियोगितामा नेपाल एसबिआई बैंक प्रथम भएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा भएको अन्तर बैंक हाजिरजवाफ प्रतियोगितामा नेपाल एसबिआई बैंक प्रथम भाको हो ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशमा रहेका १५ वटा वाणिज्य बैंकहरूको पनि सहभागिता रहेको थियो ।

प्रतियोगितामा नेपाल एसबिआई बैंक प्रथम भयो भने नेपाल बैंक लिमिटेड द्वितीय हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तृतीय स्थान हासिल गर्न सफल भयो ।

विभिन्न उपाधि जित्न सफल टिमहरूलाई वैशाख १४ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, प्रमाणपत्र, ट्रफी तथा मेडलद्वारा पुरस्कृत गरिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime