नेपाल एसबिआई बैंकद्वारा मधेशका ८०० भन्दा बढी विद्यार्थीलाई सहयोग

काठमाडौँ। नेपाल एसबिआई बैंकले सहयोग गरेको छ । बैंकले मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको हो ।

बैंकले बारा जिल्लाको जीतपुरसिमरा स्थित, श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित, श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराज स्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द्रपुर स्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्धेश्यले व्हाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोसाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको हो ।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ८०० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।

बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै