National

प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, रिक्त रहेको पदमा २ जना नयाँ सञ्चालक नियुक्त (सूचनासहित)

काठमाडौँ । प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । बैंकको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले ३ जना सञ्चालकको राजीनामा स्वीकृत गरेको हो ।

उक्त बैठकले बैंकमा संस्थापक सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक डा.गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो ।

उनीहरूले आफ्नो पदबाट राजीनामा दिएसँगै बैठकले राजीनामा स्वीकृत गरेको छ ।

त्यस्तै, रिक्त रहेको सञ्चालक पदमा बैठकले २ जना नयाँ सञ्चालक नियुक्त गरेको छ । नियुक्त हुनेमा काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं ३ बस्ने तारा मानन्धर र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं २ सानेपा बस्ने अंगिर मान सिंह रहेका छन् । यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime