महालक्ष्मी विकास बैंकमा काम गर्ने हो ? (सूचनासहित)

काठमाडौँ। महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।

बैंकले केही संख्यामा जुनियर असिस्टेन्ट कर्मचारी माग गरेको हो। इच्छुक नागरिकले असोज ७ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदन अनलाइन मार्फत दिन सकिनेछ। आवेदन दिने व्यक्तिसँग मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा ‘सेकेन्ड डिभिजन’ वा २.५० जिपीएसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बैंकको आधिकारिक करियर पेजमा प्रकाशित विवरणअनुसार इच्छुक उम्मेदवारले तोकिएको उमेर, शैक्षिक तथा अनुभवसम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेछ।

साथै, कुनै पनि संस्थामा कम्तीमा एक महिनाको कार्य अनुभव वा कुनै बैंक वा वित्तीय संस्थामा इन्टर्नसिप वा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कम्तीमा दुई दिनको तालिम लिएको हुनुपर्ने बैंकले जनाएको छ।  यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्