काठमाडौँ। माछापुच्छ्रे बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।



