National

ग्राहक र सेयरधनीलाई भ्रम छर्दै एनआईसी एशिया बैंकका सीइओ रोशन न्यौपाने !

काठमाडौँ । एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले ग्राहक र सेयरधनीहरुलाई भ्रम छरेको पाइएको छ । बैंकको खुद नाफा आधाले घटेको र प्रति सेयर आम्दानी पनि घटेको अवस्थामा बैंकबारे चौतर्फी आलोचना हुन थालेपछि उनले पूरानो जानकारी सेयर गरेर ग्राहक र सेयरधनीलाई भ्रम छरेका हुन् ।

सोमबार विहान ७ बजे उनले ‘बैंकिङ्ग क्षेत्रको प्रतिशेयर आम्दानी र प्रति शेयर नेटवर्थमा नकारात्मक वृद्धि भइरहँदा एन आई सी एसिया बैकको प्रतिशेयर आम्दानी २३.०६ रुपैयाँबाट ११ प्रतिशत बढेर २५.५९ रुपैयाँ पुगेको छ।’ भन्दै उकेरा डटकमको पूरानो न्युज सेयर गरेका छन् । उकेराले सो समाचार तीन हप्ता अघि नै बैंकको अघिल्लो पटकको वित्तीय विवरण राखेर प्रकाशन गरेको थियो । तर नयाँ विवरण आईसकेपछि सीइओ न्यौपानेले बैंकले यसपटक पनि प्रगति गरेको छ भन्ने भ्रम पर्नेगरी सो समाचार सेयर गरेका छन् । उकेरा पछिल्लो समय उदाएका समाचार पोर्टलमध्ये खोजमूलक समाचार प्रकाशन गर्ने विश्वसनीय पोर्टल मानिन्छ । उकेराको यहि विश्वशनीयताको दुरुपयोग गरेर सीइओ न्यौपानेले ग्राहक र सेयरधनीहरुलाई भ्रम छरेका हुन् । 

सीइओ न्यौपानेले पूरानो जानकारी सेयर गरेपछि केहि सेयरधनीहरुले नयाँ विवरणको स्क्रिनशट गरेर कमेन्ट गरेका छन् । विहानै सीइओको आधिकारिक पेजबाट यस्तो काम भएपछि विहानैदेखि बैंकभित्रै पनि सीइओको चर्को आलोचना सुरु भएको छ भने सेयरधनीहरुले पनि विभिन्न ग्रुपमा सीइओ न्यौपानेको आलोचना गरिरहेका छन् ।

सत्यचाहिं के हो भने एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गएको छ । बैंकले प्रकाशित गएको विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो । सारांशचालु आर्थिक वर्षकोको चैत मसान्तसम्म ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले ४ अर्ब १ करोड रुपैयाँ बढी खुद आर्जन गरेको थियो भने बैंकको वित्तीय विवरणअनुसार उक्त अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ७२ करोड रुपैयाँले घटेको पाइएको हो । यस्तै चालु आर्थिक वर्षकोको चैत मसान्तसम्म ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै सो अवधिमा १० अर्ब ३० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा २.२३ प्रतिशत बिन्दुले बढेर ३.०८ प्रतिशत पुगेको छ ।

यस विषयमा बुझ्न बैंकका सूचना अधिकारी अर्जुन राज खनियाँ र रोशन न्यौपानेलाई फोन गर्दा दुबै सम्पर्कमा आएनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै