prabhu

नेपालमा घुस खाएको रकम सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा जम्मा हुने गरेको खुलासा !

काठमाडौँ । नेपालमा घुस खाएको रकम सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा जम्मा हुने गरेको खुलासा भएको छ । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनील पौडेलले नेपालमा खाएको घुस सिंगापुरस्थित सो बैंकमा जम्मा गरेको तथ्य खुलेको हो।

सूचना प्रविधिसम्बन्धी विभिन्न ठेक्कापट्टा दिलाएबापत लिएको घुस पटक–पटक गरेर सिंगापुरमा रहेको उनको बैंक खातामा जम्मा हुने गरको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानअनुसार अनुसार सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी)मा पौडेलको नामको खाता नम्बर ३८०–९४८३१०८ मा ११ पटक रकम जम्मा भएको छ । पौडेलको खातामा नेपाली मितिअनुसार २०७६ पुस १५, २०७६ चैत १४, १९ र २५ गते रकम जम्मा भएको पाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै