National

सिद्धार्थ बैंक लिमिटेडद्धारा दायित्व संस्थालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग

 Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दायित्व संस्थालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप’ अभियानका लागि उक्त रकम सहयोग गरेको हो ।
युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले दायित्व संस्था स्थापित भएको हो । आफूले गरेको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदैँ जाने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै