National

कृषि विकास बैंकमा अनलाईनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने

Agricultural Development bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकले  अब अनलाईनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने प्रणाली सुरु गरेको छ । बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउँदै बैकिङ्ग कारोवारको दायरा फराकिलो बनाउन विद्युतीय उपकरणको प्रयोग गरी उक्त प्रणालीको शुरु गरेको हो । साथै, प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न सो सुविधा ल्याएको बैंकले जनाएको छ ।
उक्त प्रणालीको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्दछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरिकले आफ्नै घररकार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ ।
खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको छ । उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले बताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै