DISH HOME

धितोपत्र बोर्डका अध्यक्षसँग ‘क्लासमेट’को साइनो भेटिएपछि नबिलका डेपुटी सीइओ बजगाईंमाथिको अनुसन्धान रोकियो !

काठमाडौँ । नबिल बैंकका डेपुटी सीइओ आदर्श बजगाईंले गैरकानुनी काम गरेको भन्दै नेपाल धितोपत्र बोर्डमा परेको उजुरीउपर कारवाही रोकिएको पाइएको छ । बजगाईं र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ मास्टर्स पढ्दाका क्लासमेट भएकाले सो उजुरीउपर कारवाही रोकिएको पाइएको हो ।

नबिल बैंक काँग्रेसीहरुको प्रिय बनेको खबरमा सिइओ ज्ञवालीको प्रतिक्रिया- `व्हाट अ ननसेन्स इज दिस´

धितोपत्र बोर्डका उच्च अधिकारीले बजगाईंविरुद्धको कारवाही प्रक्रिया अगाडी नबढाउन अध्यक्ष श्रेष्ठले मौखिक निर्देशन दिएको बताए । ‘आदर्शजी र सन्तोष नारायणजी क्लासमेट हुनुहुँदो रहेछ । त्यसैले अनुसन्धान नगर्न भनिएको छ ।’ ती अधिकारीले भने, -‘उजुरीको विवरण गम्भीर नै थियो । कि अनुसन्धान गरेर सफाई दिनुपर्थ्यो, कि कारवाही गर्नुपर्थ्यो । तर अनुसन्धान नै नगर्ने भन्ने काम गलत भयो ।’

नबिल बैंकको सेवा गुणस्तर निरन्तर खस्किँदै, मोबाइल बैंकिङको समस्याले ग्राहक झस्किँदै !

उजुरीमा बजगाईंले गैरकानुनी रुपमा सेयर कारोबार गरेको, नबिल बैंककै सब्सीडरी कम्पनीमा करोडौं उधारो राखेको र क्लाइण्टका गोप्य विवरणहरु सार्वजनिक गरेको लगायतका विवरण उल्लेख थिए । तर सो विवरणउपर अनुसन्धान भए बजगाईंलाई कारवाही गर्नुपर्ने देखेपछि बोर्ड अध्यक्ष स्वयमले सो अनुसन्धान रोकेको बोर्डका कर्मचारीहरुको दाबी छ ।
यता श्रेष्ठ र बजगाईं दुबैसँग धारणा लिन सम्पर्क गर्दा बजगाईंको फोन उठेन भने बोर्ड अध्यक्ष श्रेष्ठसँग सम्पर्क नै हुन सकेन ।

नबिल बैंकमा डरलाग्दो घोटाला, मेनेजरको मास्टरप्लानमा ४० करोड रुपैयाँ गायब !

यद्यपी यो विषय अहिले बोर्डका कर्मचारीहरुले नै आन्तरिक रुपमा उठाएको पाइएको छ । बोर्ड अध्यक्ष श्रेष्ठ विरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आफ्नो क्लासमेट भएकै कारण नबिल बैंकका डेपुटी सीइओ आदर्श बजगाईंले गरेको गैरकानुनी सेयर कारोबारको अनुसन्धान नगरेको र यस्तो प्रवृतिले बोर्डमाथि नै प्रश्न उठाएको भन्दै अध्यक्षको ध्यानाकर्षण गराएका थिए । यतिसम्मकि अनुसन्धान गर्नुपर्ने ठाउँमा उजुरीकर्ताको विवरण नै उल्टै बजगाईंलाई दिएको आरोपसमेत श्रेष्ठमाथि लागेको छ ।

उर्जामन्त्रीको सल्लाहकार बसेका नबिल बैंकका कर्मचारी अमित श्रेष्ठको सम्पत्ति पनि छानविन हुने, अनुसन्धान हुँदै !

बजगाईंले गरेको गलत कामको पर्दा उघार्ने धम्की दिएर नबिल इन्भेष्टमेन्ट बैंकिङका कर्मचारीले समेत गैरकानुनी सेयर कारोबार गरेको र दुवै पक्षको गलत कामको ढाकछोप भईरहेको आरोप स्वयम् नबिलकै कर्मचारीहरुको छ ।

बैंकर मनोज ज्ञवालीको कविता – ‘हामी भविष्य जलाउँछौं कि भविष्य बनाउँछौं ?’

दुर्गा प्रसाईंले विनोद चौधरीलाई ‘तस्कर’ भन्दा नबिलकै सिनियर कर्मचारीले गरे ‘लाइक’ !

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै