DISH HOME

उर्जामन्त्रीको सल्लाहकार बसेका नबिल बैंकका कर्मचारी अमित श्रेष्ठको सम्पत्ति पनि छानविन हुने, अनुसन्धान हुँदै !

काठमाडौँ । नबिल बैंकमा कार्यरत हुँदै उर्जामन्त्री दीपक खड्काको सल्लाहकार बसेका अमित श्रेष्ठविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ। खड्काको घरमा आन्दोलनकारीले तोडफोडका क्रममा पैसा नै उडाएको पाइएपछि खड्का विरुद्ध अनुसन्धान सुरु गरेको हो । यो क्रममा खड्काका सल्लाहकार रहेका नबिल बैंकका श्रेष्ठसहितको सम्पत्ति पनि छानविन हुने भएको छ ।

श्रेष्ठ नबिल बैंकमा कार्यरत छन् । तर, नबिल बैंकको तलव खाएर उनी उर्जामन्त्रीको सल्लाहकारका रुपमा समेत काम गर्दै आएका थिए । उनीमाथि खड्का र बिचौलियालाई मिलाईदिएर कमिसनको हिसाब गरिदिएको आरोप चौतर्फी उठेपछि उनीविरुद्ध पनि अनुसन्धान सुरु भएको हो ।

बैंकले भने यस विषयमा प्रतिक्रिया नै दिन चाहिरहेको छैन । बैंकका सूचना अधिकारी सुरेश त्रिपाठी र अमित श्रेष्ठले यस विषयमा सम्पर्क गर्न खोज्दा फोन नै उठाएनन् ।

ब्राण्ड इमेजका हिसाबमा सार्है राम्रो बैंक कहलिएको नबिल बैंकमा हाल मनोज ज्ञवाली सीइओ छन् । सहिलाई सहि भन्ने र गलतलाई नछोड्ने नीति लिने सीइओका रुपमा परिचित ज्ञवालीले अनुसन्धानमा सहयोग पुर्याउने अपेक्षा स्वयम् सरकारलेसमेत गरेको छ । उनी स्वयम् पनि पूर्व काँग्रेसी रहेको तथ्य उनले हिमालयन टेलिभिजनको एक अन्तर्वार्ताका क्रममा बताईसकेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै