

हाम्रो भन्नु,
१. कम्पनीले बैंकिङ संसार डटकमले समाचार लेख्नुपूर्व कम्पनीसँग कुनै पनि प्रतिक्रिया वा सत्यतथ्य बुझ्ने प्रयास नगरेको, एकतर्फी समाचार लेखेको आरोप लगाएको छ । जवकी कम्पनीका सूचना धिकारी बिनोद कुमार बुझेललाई हामीले पटक पटक सम्पर्क गरेका थियौँ ।
२. नेपाल लाइफमा हङ्गामा, नियामक भने मौन भन्ने हाम्रो समाचार सत्यमा आधारित छ । तर यो समाचार कम्पनीले भ्रामक भनेको छ । कम्पनीका अभिकर्ताहरुबीच कार्यक्रममै हानाहान भएको छ, सीइओले चेतावनी नै दिनुपरेको छ, अभिकर्ताका नेतालाई प्रहरीले पक्राउ गरेको छ, अनि कार्यक्रम स्थल बाहिर अभिकर्ताहरु आन्दोलनमा देखिएको भिडियो नै सामाजिक संजालमा भाइरल छ । अनि यहि विषयमा लेखेको हाम्रो समाचार कसरी भ्रामक भयो ? यो त नेपाल लाइफ इन्स्योरेन्सले खण्डनका नाममा गरेको ठट्टा जस्तो भएन र ?
नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !
३. मिडियाको नामसमेत नपढी गाली भन्ने समाचार कसरी भ्रामक भयो ? अर्थ खबर डटकममा प्रकाशित समाचारको स्क्रीनशट सेयर गरेर अर्थ सरोकारलाई गाली गरिएको छ । खबर र सरोकार पढ्न नजान्ने अभिकर्ता, अनि सो पढ्न जानेनन्, असम्बन्धित मिडियामाथि गाली आयो भन्ने समाचार हाल्दा भ्रामक ? यो त अर्को ठट्टा भएन र ?
४. नेपाल लाइफका अमित फेरी विवादमा शीर्षकको समाचार कसरी भ्रामक भयो ? अमित कयालको नियुक्तिलाई लिएर नेपाल लाइफमाथि नियामक बीमा प्राधिकरणले गरेको कारवाहीको पत्र त सार्वजनिक नै छ त । उनले एमबिए पढ्न कार्यविधि विना पैसा लिएको तथ्य सार्वजनिक नै छ । उनले आफ्नो नामसमेत गलत लेखिँदा पनि हस्ताक्षर गरेको डकुमेन्टको बैधता माथि प्रश्न उठेको तथ्य छर्लंग छ । अनि यो समाचार कसरी भ्रामक भयो ?
आफ्नो नामसमेत राम्रोसँग नहेरी सही गर्छन् नेपाल लाइफका हाकिम अमित कुमार, डकुमेन्टको बैधतामै प्रश्न !
५. नेपाल लाइफको विवादले विमित हच्किएको कुरा सामाजिक संजालमा स्वयम् अभिकर्ताहरुले स्वीकारेको विषय हो । हामीलाईसमेत फोन गरेर विमितले सोध्ने काम गरेका छन् । अनि यहि विषयमा समाचार लेख्दा भ्रामक कसरी भयो ?
६. नेपाल लाइफको ब्राण्ड टिममा कर्मचारी नटिकेको, राम्रा कर्मचारी बाहिरिएको नेपाल लाइफले भेण्डरको पैसा नतिरेको तथ्य सबैमाझ छर्लंग छ । सबैले देखेको कुरा पनि भ्रामक हुन्छ र ? नेपाल लाइफ इन्स्योरेन्सका तत्कालीन सीइओ सन्तोष प्रसाईले सम्झौता गरेको काम सकिएर पनि भुक्तानी नपाएको सत्यलाई किन गलत भनिंदैछ । काम सकिएपछि पैसा तिर्नुपर्दैन ? अनि राम्रा कर्मचारीले जागिर छाडेको विषय सार्वजनिक नै छैन र ? नेपाललाइफमा न्यौपानेपछि मेघेन्द्र गिरी, उनीपछि फेरी अमित झा । अमित पछि अहिले प्रनिश शाक्य । यसलाई कर्मचारी टिकेको भन्छन् त ?
नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?
७. अचम्म त के छ भने अवार्ड कार्यक्रममा लात्ती हानाहान भएको, अभिकर्तालाई प्रहरीले लगेको खबरसमेत कम्पनीले भ्रामक भनेको छ । यो त के गर्नेलाई भन्दा देख्नेलाई लाज भएजस्तो भएन र ? प्रहरीले अभिकर्तालाई नियन्त्रणमा लिएर लगेको भिडियो त सार्वजनिक नै छ नि, होइन र ? लात्ती हानाहान भएको बयान त स्वयम् अभिकर्ताले सार्वजनिक रुपमा दिएकै छन् । स्वयम् नेपाल लाइफले कार्यक्रममा प्रयोग गरिएका बाउन्सरहरुको तस्विर सार्वजनिक गरेको छ ।
नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !
८. यति धेरै लफडा भईसकेपछि नेपाल लाइफको लफडा छताछुल्ल भनिएको समाचार कसरी भ्रामक भयो ? नियामककै परिवार नेपाल लाइफमा भन्ने समाचार भ्रामक भनिएको छ, जवकि बीमा प्राधिकरणका हाकिमको एकासगोल परिवार भित्रको मान्छे नेपाललाइफमै जागिरे छन् । अनि समाचार कसरी भ्रामक भयो ?
९.नेपाल लाइफमा मिस सेलको जालो शीर्षकको समाचार पनि सत्यमा आधारित छ । यस विषयमा कति गुनासा नियामककहाँ पुगेका छन्, कति हामीकहाँ आईपुगेका छन् । यो सार्वजनिक बहसको विषयलाई समाचार बनाउँदा हचुवामा भ्रामक भन्न मिल्छ ?
१०. समाचारहरु प्रकाशन गर्नुपूर्व फोन गर्दा फोन नउठाउने, कार्यक्रम छ भन्ने बहाना बनाएर उम्किने, अनि अहिले समाचार भ्रामक भयो भन्ने ? के यो सहि भयो त ?
हामी प्रष्ट छौँ, बैंकिङ संसार डटकममा प्रकाशित नेपाल लाइफ सम्बन्धि सबै समाचार तथ्यमा आधारित छन् । खण्डनमा समाचारलाई हचुवाको भरमा भ्रामक भन्ने सीइओ सापले सहि के हो भन्ने पनि पठाईदिनुभएको भए राम्रो हुने थियो कि !


