नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका बेथितिहरु एकपछि अर्को गर्दै सतहमा आउन थालेका छन् । यसैबीच नियामकलाई नै प्रभावित पार्ने खेलदेखि बैंकका आन्तरिक जालझेलसम्मका तथ्य बाहिर आएका हुन् ।

कम्पनीमा बीमा प्राधिकरणका हाकिमको एकासगोल परिवारभित्रका व्यक्ति विना प्रतिष्पर्धा जागिरे भएको विषय अख्तियार पुगेको छ । नेपाल लाइफ इन्स्योरेन्सले गलत गर्दा ठूलो कार्वाही नगर्ने माहोल बनाउने मौखिल सर्तमा आसेपासेलाई जागिर दिएको विषय अख्यियार पुगेको पाइएको हो । यसले नेपाल लाइफले नियामकलाई नै कब्जामा लिन र आफु कारवाहीबाट जोगिनेगरी चलखेल गरेको आरोप कम्पनीमाथि छ ।

नेपाल लाइफका व्यवस्थापकीय विवाद सतहमा आउन थालेपछि कम्पनीका अभिकर्ताहरुले गरेको ठगीका केससमेत बाहिर आउन थालेका छन् । कम्पनीका कतिपय बीमा अभिकर्ताले हुँदै नहुने कुराहरु बोलेर मिस सेल गर्दै ठगी गरेको, बीमा दाबी भुक्तानीमा समस्या हुने गरेको, लगायतका तथ्य बाहिर आउन थालेका हुन् । तर नियामकका हाकिमकै आफन्तलाई जागिर दिएर कम्पनीले कारवाहीबाट जोगिने प्रयास गरेको पाइएपछि यो विषय थप पेचिलो बनेको छ ।

यता कम्पनीबाट भकाभक राम्रा मान्छेले जागिर छाड्न थालेपछि कम्पनीलाई अर्को टाउको दुखाईको विषय बनेको छ। यतिसम्म कि कम्पनीको ब्राण्डिङ विभागका दुई मुख्यमध्ये दुईले नै जागिर छाडेपछि अहिले प्रनिश शाक्य नाम गरेका व्यक्ति ल्याइएको छ । उनको पनि पर्फर्मेन्समा प्रश्न उठाउँदै कम्पनीले अरु मान्छे खोजिरहेको छ । यसैगरी फाइनान्स, एजेन्सी लगायतका विभागका पनि राम्रा कर्मचारीले जागिर छाड्ने चर्चा चलिरहेको छ ।

कम्पनीको चरम विवाद बाहिर आउन थालेपछि यता बीमा गर्न खोज्नेहरु नै हच्किन थालेका छन् । आफुले बीमा गर्ने कम्पनीमा बीमा गरिदिने अभिकर्ता नै नबस्ने र कम्पनीको भविष्य पनि के हुने भन्ने अन्योलता भएपछि बीमा गर्न खोज्नेहरु हच्किन थालेका हुन् । कम्पनीका हाकिम अमित कायल विगतदेखि नै विवादै विवादमा छन् । युनियनको टकरावले कम्पनीको भविष्यमाथि अर्को प्रश्नचिन्ह खडा गरेको छ । फाइनान्स विभागकै कर्मचारीले नियम मिचेर ऋण लिएको पाइएको छ । यस्ता अनेक विवादले कम्पनी एकैपटक गर्ल्यामगुर्लुम हुने त होइन भन्ने तनाव धेरैलाई छ । यहि बेला संचालकका अनेक विवादले कम्पनीको छवि झन् बिगारेको छ ।

यता कम्पनीका प्रतिनिधि भने यस विषयमा बोल्न नै चाहिरहेका छैनन् । यस विषयमा सम्पर्क गर्न खोज्दा कम्पनीका सूचना अधिकारीले समेत फोन नै उठाएनन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्