काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ प्रविण रमण पराजुलीले कम्पनीको बेइज्जत गर्ने बीमा अभिकर्ताहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । नक्कली पत्रकार बनेर बीमा अभिकर्ताले नै भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाएको भन्दै सीइओ पराजुलीले यस्ता हर्कत आफुहरुलाई स्वीकार्य नहुने भन्दै हरेक कुराको हिसाबकिताब हुने चेतावनी दिएका हुन् ।
सीइओले नै यस्तो चेतावनी दिएपछि कम्पनीका कतिपय अभिकर्ताले गलत गरिरहेको सन्देश गएको छ । जसका कारण नेपाल लाइफमा बीमा गरेकाहरु चिन्तित बनेका छन् ।
नेपाल लाइफले नै गरेको कार्यक्रममा सीइओ पराजुलीले नेपाल लाइफका कतिपय अभिकर्ताहरुले नक्कली पत्रकार बनेर कम्पनीविरुद्ध भ्रम छरेको आरोप लगाएका छन् । ‘प्रश्न सोध्नेले हाम्रा अध्यक्ष चौकीमा हुनुहुन्छ, के भन्न चाहानुहुन्छ ? भनेर सोधेका छन् । जवाफ दिनेले धन्यवाद पत्रकार महोदय भनेका छन् ।’ सीइओ पराजुलीले भने, ‘यस्तो गलत काम गर्नेलाई कारवाही हुन्छ । यस्तो काम कुनै हालतमा सह्य हुँदैन । ‘
सीइओले नै यस्तो धम्की दिएपछि आन्दोलनरत अभिकर्ताहरु झनै आगो भएका छन् । उनीहरुले कम्पनीले झुटो बोनस दरको आश्वासन देखाएर बीमा गरेको भन्दै आवाज उठाउनसमेत थालेका छन् । त्यसको काउण्टर गर्दै अरु बीमा अभिकर्ताहरुले आफ्नै कम्पनीको बद्नाम गरेर अभिकर्ताहरुले गलत गरिरहेको दाबी गरिरहेका छन् ।
दुई पक्षको बाझाबाझले बिमितहरु भने अन्योलमा परेका छन् । यहि झगडाका कारण नेपाललाइफभित्र बीमा सरेण्डरको दर ह्वात्तै बढ्ने अनुमान गरिएको छ । नेपाल लाइफकै बीमा अभिकर्ता र केहि सिनियर कर्मचारीहरुले नेपाल लाइफको झगडामा अरु कम्पनीका अभिकर्ताको समेत घुसपैठ भएको आरोपसमेत लगाईरहेका छन् ।
यति ठुलो झगडा हुँदा पनि कम्पनीले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन भने नियामक बीमा प्राधिकरण पनि मौन बसेको छ । झगडा चुलिएपछि कम्पनीका सूचना अधिकारी पनि फोन नै नलाग्ने बनाएर बसेका छन् । यो पनि हेर्नुहोस्:
नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !
नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?
नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !
नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !
नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्ता एकै पटक प्रहरी नियन्त्रणमा !


