नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्ता एकपटक प्रहरी नियन्त्रणमा !

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कम्पनीको अभिकर्ता भेलामा लफडा परेपछि नाराबाजीमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लफडा बढेपछि कम्पनीले नै प्रहरी बोलाएको थियो । कार्यक्रम सकिएपछि प्रहरीले उनीहरुलाई छाडेको छ । नेपाल लाइफ इन्स्योरेन्सको कार्यक्रममा विवाद हुँदा झण्डै हानाहानको स्थितिसमेत भएको थियो ।