नेपाल लाइफमा विवाद : अमित कायलबारे एक झोला ‘डकुमेन्ट’ बोकेर मिडिया- मिडिया धाउँदै अभिकर्ता !

काठमाडौँ । नेपाल लाइफभित्रको बीमा अभिकर्ताको विवाद व्यक्तिगत भण्डाफोरको तहसम्म पुगेको छ । कम्पनीले झुटो बोनस दर देखाएर ठगी गरिरहेको, अवार्डका नाममा आफुहरुलाई अपमान गरेको लगायतका विषय राखेर आन्दोलन गरिरहेका एकाथरी अभिकर्ताको आवाज र त्यसको काउण्टर गरिरहेका अर्कोथरी कर्मचारीको विवादले कम्पनीमा बीमा गरेकाहरु आत्तिन थालेका छन् । कतिपयले त बीमा सरेण्डरको प्रक्रियासमेत सुरु गरिसकेका छन् । यहि बीच केहि अभिकर्ताहरु भने अमित कायलको ‘कुण्डली’ नै बोकेर नेपाल लाइफभित्रको बेथिति र विवादबारे खबर लेखिरहेकाहरुकहाँ पुगेर अमित कायलले गरेका बदमासीका बारे ब्रिफिङ गराईरहेका छन् ।

विभिन्न मिडियाको सम्पर्कमा आएका उनीहरुले कायलबारेमा प्रकाशित विभिन्न मिडियामा आएका समाचारका प्रिन्टसमेत बोकेर यस विषयमा पुन: आवाज उठाईदिनुपर्ने भनिरहेका छन् । अमित कायलको योग्यताको विषय उठाउनुपर्ने, फाइनान्स विभागका कर्मचारीले गैरकानुनी रुपमा लिएको ऋणका विषयमा आवाज उठाउनुपर्ने र नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीकै आफन्तलाई नेपाल लाइफमा जागिर दिएर नियामकलाई प्रभावमा पारेको विषय उठाउनुपर्ने भन्दै विभिन्न अभिकर्ताहरु मिडियाका कार्यालयसम्म पुगेका हुन् ।

कायल यसअघि कामु सीइओसमेत भईसकेका व्यक्ति हुन् भने नेपाल लाइफभित्र सबैभन्दा विवादित हाकिम हुन् । उनको योग्यता र अस्वाभाविक बढुवाका विषयमा विभिन्न संचारमाध्यममा समाचारसमेत आएका थिए ।

नेपाल लाइफभित्र यति ठुलो झगडा हुँदा पनि कम्पनीले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन भने नियामक बीमा प्राधिकरण पनि मौन बसेको छ । झगडा चुलिएपछि कम्पनीका सूचना अधिकारी पनि फोन नै नलाग्ने बनाएर बसेका छन् । यो पनि हेर्नुहोस्: 

नेपाल लाइफ प्रकरण : बीमितले पैसाको ग्यारेण्टी मागेपछि दर्जनौँ अभिकर्ता फेसबुकमा लाइभ, पढ्नसमेत नजान्नेका झन् चर्का कुरा

नेपाल लाइफ प्रकरण : ‘नक्कली पत्रकार’को कुरा उठाउँदै सिइओले दिए अभिकर्तालाई कारवाही गर्ने गर्ने धम्की, भने- ‘सबै कुराको हिसाबकिताब हुन्छ’

नेपाल लाइफमा लफडै लफडा, नियामक नै ‘कब्जामा लिन’ यस्तो ट्रिक, विमित नै हच्किन थालेपछि बिजोग !

नेपाल लाइफको ब्राण्डिङ विभागमा किन टिक्दैनन् कर्मचारी ? हरेकजसो किन विवादैले छाड्छन् जागिर ?

नेपाल लाइफका अभिकर्तामाथि ‘ज्यादती’ : सम्मान कार्यक्रममा पक्राउ परेपछि संघ आक्रोशित !

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता भेलामा लफडा, सिइओलाई पक्राउ गर्न माग गर्दै मुर्दाबादको नारा !

नेपाल लाइफ इन्स्योरेन्सका आधा दर्जन अभिकर्ता एकै पटक प्रहरी नियन्त्रणमा !

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्