रसुवाको बाढीमा बाँचेका विभिन्न बैंकका कर्मचारीहरु घर फर्किंदै

काठमाडौँ। रसुवाको बाढीमा बाँचेका विभिन्न बैंकका कर्मचारीहरु घर फर्कन थालेका छन् । विभिन्न ठाउँमा घर भएका र कामको सिलसिलामामा रसुवामा पुगेका बैंकका कर्मचारीहरु परिवारले निकै बिलौना गरेर बोलाएपछि घर फर्किन थालेका हुन् ।

भदौ १० गते विहान आएको बाढीले विभिन्न बैंक तथा वित्तीय संस्थाका आधा दर्जन बढी शाखाहरु बगाएको थियो। बैंकका शाखा बगेपछि त्यहाँ रहेको नगद, अन्य डकुमेन्ट, लगायतका सामानहरु पनि बाढीले बगाएको थियो।

कतिपय बैंकका कर्मचारी बाढीसंगै हराएका थिए। बाढीमा बाँचेका विभिन्न बैंकका कर्मचारीहरु हाल घर फर्किंदै गरेका छन्।

रसुवामा आएको बाढीका कारण हराएका बैंकर, बैंकमा भएको क्षति लगायतका विवरणहरु बैंकिङ संसारको मोबाइल एप डाउनलोड गरी हेर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्