रत्न माध्यमिक विद्यालय रंगेलीका विद्यार्थी तथा शिक्षकसगँ बीमा छलफल कार्यक्रम

काठमाडौँ। नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले  रंगेलीमा रहेको रत्न माध्यमिक विद्यालयमा रहेका विद्यार्थी तथा शिक्षकसगँ बीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरू समाज रूपान्तरणका संवाहक भएकाले उनीहरूलाई सचेत गराउँदा त्यसको प्रभाव अभिभावक हुँदै समुदायस्तरसम्म पुग्ने अपेक्षाको साथ बीमा प्राधिकरणले छलफल र अन्तरक्रिया कार्यक्रमलाई समुदाय स्तरमा पुयाउर्दै आएको छ ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमालाई केवल कागजी सम्झौताका रूपमा नभई जीवन र सम्पत्तिको आर्थिक सुरक्षा कवचका रूपमा बुझाउन यस्ता लक्षित कार्यक्रमहरू फलदायी कार्यक्रलाई प्राधिकरणले प्राथमिकताको साथ रंगेलीमा गरिएको बताए ।

उक्त अन्तरक्रियामा बीमा प्राधिकरणका प्रथम सहायक मिलन पोखरेलले बीमाको महत्व, आवश्यकता र आर्थिक हानीबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । देशको समग्र वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान, बीमाको अवधारणा, जीवन तथा निर्जीवन बीमाका प्रकार र यसको उपयोगिताबारेमा सो कार्यक्रममा जानकारी गराइएको थियो ।

अन्तक्रिया कार्यक्रम पछी विद्यार्थीहरूका लागि बीमा सम्बन्धी खुला प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। जहाँ विद्यार्थीहरूले सक्रिय रूपमा आफ्ना जिज्ञासा तथा द्विविधाहरू राखेका थिए । प्राधिकरणका कोशी प्रदेश प्रमुख महर्जनका अनुसार  विद्यालय तहदेखि नै विद्यार्थीलाई यस्तो व्यावहारिक वित्तीय ज्ञान दिँदा उनीहरू भविष्यमा जिम्मेवार नागरिक बन्नुका साथै परिवारलाई समेत आर्थिक सुरक्षाका उपाय अपनाउन प्रेरित गर्न सक्ने उनको भनाई थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्