DISH HOME

नबिल बैंक काँग्रेसीहरुको प्रिय बनेको खबरमा सिइओ ज्ञवालीको प्रतिक्रिया- `व्हाट अ ननसेन्स इज दिस´

काठमाडौं । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा परिवारले समेत विश्वास गरेर कारोबार गर्ने नबिल बैंक कांग्रेसीजनकोसमेत प्रिय बनेको निकै सकारात्मक आशयको खबरलाई बैंकका सिइओ मनोज ज्ञवालीले `ह्वाट अ नन सेन्स इज दिस ?´ भन्दै प्रतिक्रिया दिएका छन् । कुनै बेला नेप्सेको सिइओ बन्न नेपाली काँग्रेसलाई ५० लाख रुपैयाँ दिन तयार भएको सार्वजनिक अभिव्यक्ति दिएका उनले आफ्नो बैंक काङ्ग्रेसीहरुको प्यारो बन्न सफल भएको आशयको समाचारमा भने समाचारदाताकै प्रोफेसनालिजममा प्रश्न उठाउँदै समाचारलाई ननसेन्स भनेका छन् ।
समाचारमा उनी कांग्रेसमै आस्था राख्ने भएकाले र अन्य सिनियर मेनेजमेन्ट पनि अधिकांश कांग्रेसमै आस्था राख्ने भएकाले कांग्रेसमा निकै पोजेटिभ मार्केटिङ भएको लगायतका कारण प्रस्तुत गरिएको थियो । तर ज्ञवाली स्वयमले ननसेन्स भनेपछि कांग्रेससँग जोडेर आउने बैंकको सकारातमक खबर पनि उनलाई चित्त बुझ्न छोडेको विश्लेषण गरिएको छ । यस्तो सकारात्मक समाचारलाई नन सेन्स भनेपछी हामीले पनि केही बुँदा सम्पादन गरेका छौँ ।
यध्यपी उनले बैंकमा ४० करोड घोटाला भएको प्रकरणमा आफ्नो कुनै पनि प्रतिक्रिया दिएका छैनन् भने आफ्ना एक सिनियर कर्मचारीमाथि हुन लागेको सम्पत्ति सुद्धिकरणको अनुसन्धानबारे पनि प्रतिक्रिया दिएका छैनन् । बिनोद चौधरीजस्ता धेरैका आदर्श व्यक्ति र स्वयम् नबिलका मुख्य लगानीकर्ता बिनोद चौधरीलाई दुर्गा प्रसाईले तस्कर भनेर मनपरी गाली गर्दा सो पोष्ट्मा लाइक गर्ने कृष्ण सुबेदीको हर्कतबारे पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।
केही समय अघि अजय चौरासिया नाम गरेका सिएले नबिल बैंकले ग्राहकलाई कुन हदसम्म दुख दिएको छ भनेर सविस्तार बोलेका थिए । पटक पटक बिग्रने एन बैंकले ग्राहकलाई सास्ती दिएको र चौरासियाको गुनासोसहितलाई समेटेर प्रकाशित समाचारमा पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन् । तर काङ्ग्रेसजनको प्रिय बन्न नबिल बैंक सफल बनेको खबरमा भने उनले आपत्ती भएको आशय दिएका छन् ।
मनोज ज्ञवाली सेलिब्रेटी बैंकर हुन् । उनका स्ट्याटस, मोटिभेसनल स्पीचहरु सामाजिक संजालमा भाइरल छन् । निकै बौद्धिक बैंकरका रुपमा छवि बनाएका उनले राती राती आफ्नै बैंकबारे आएको सकारात्मक समाचारलाई किन ननसेन्स भने भन्ने विषय भने अचम्मलाग्दो देखिएको छ ।
संयोग नै मान्नुपर्छ, नविल बैंकका सिइओ ज्ञवाली निकट मानिने एक व्यक्तिले फोन नै गरेर नबिललाई सहयोग गरिदिन र अनावश्यक विवादमा नल्याईदिन आग्रह गरेका छन् । उनले कृष्ण सुवेदी निकै राम्रो मान्छे भएको र झुक्कीएर दुर्गा प्रसाईँको भिडियोलाई लाइक गरेको हुनसक्ने दाबीसमेत गरेका छन् । तर, ज्ञवालीले नबिलको सकारात्मक समाचारलाई ननसेन्स भनेपछि हामीले ती व्यक्तिलाई फोन गर्दा उनको फोन उठेन ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै