DISH HOME

काँग्रेसीजनको प्रिय नबिल, सभापति देउवादेखि अधिकांश ठूला नेताको खाता यहीँ, मुख्य ३ कारण यी हुन्

काठमाडौँ । नेपाली काँग्रेसका नेता–कार्यकर्तामध्ये अधिकांशको खाता नबिल बैंकमा रहेको पाइएको छ । पार्टी सभापति शेरबहादुर देउवादेखि पहिलो तहका अधिकांश नेतासम्मको खाता नबिल बैंकमै रहेको पाइएको छ भने दोस्रो तहका नेतामध्ये पनि धेरैको खाता यहीँ रहेको छ । नबिल बैंकका कर्मचारीले देउवा परिवारको खाता आफ्नो बैंकमा रहेको पुष्टी गरेका छन् । ती कर्मचारीले जेनजी आन्दोलनका क्रममा देउवाको घरमा तोडफोड भएका समयमा पनि नबिल बैंकको चेकबुक र विवरणसमेत सामाजिक संजालमा भाइरल भएकोसमेत दाबी गरेका छन् ।

सांसदहरुको तलब भने एभरेष्ट बैंकमार्फत आउने गरेको छ । यद्यपि, काँग्रेस नेताहरुले नबिलमै खाता खोल्नुका केही विशेष कारण रहेका छन् ।

पहिलो कारण — नेपाली काँग्रेसकै सांसद विनोद चौधरी नबिल बैंकका प्रमुख लगानीकर्ता हुन् । उनको सम्मानका लागि र आवश्यकता परे उनलाई भन्न सकिने भएकाले पनि काँग्रेसका नेता–कार्यकर्ताले यहीँ खाता खोल्ने गरेका छन् ।

दोश्रो कारण — नबिल बैंकका हालका सिइओ मनोज ज्ञवाली स्वयं नेपाली काँग्रेसप्रति आस्था राख्छन् । साथै, वरिष्ठ व्यवस्थापन तहका अधिकांश सदस्य पनि काँग्रेसप्रति आस्था राख्ने भएकाले उनीहरुले गर्ने बजार प्रचार (मार्केटिङ) स्वाभाविक रूपमा काँग्रेस केन्द्रित हुने गरेको पाइन्छ ।

तेश्रो कारण — नबिलमा ऋण लिन काँग्रेसीजनलाई अरुभन्दा सजिलो हुने गरेको स्वीकारोक्ति कर्मचारीहरुले दिएका छन् । सजिलो भन्ने अर्थमा उनीहरुको काम छिटो हुने गरेको हो । ऋणको खाता यहीँ भएपछि बचत खाता पनि स्वभाविक रूपमा नबिलमै हुने गरेको छ ।

समग्रमा हेर्दा, नबिल बैंकलाई नेपाली काँग्रेसका कार्यकर्ताले फाइदा नै पुर्याईरहेका छन् भने बैंक पनि कांग्रेसीजनको प्रिय बनेको छ ।

अपडेट: बैंकका सीइओ मनोज कुमार ज्ञवालीले भने यो विषयलाई ‘नन सेन्स’ भनेका छन् । बैंकिङ संसारको यो समाचारमा प्रतिक्रिया दिंदै उनले सामान्य प्रोफेसनालिजम नराखी यस्तो विषय उठाइएको आरोपसमेत लगाएका छन् ।   

(यसअघिको हेडलाइन र २ बुँदा असान्दर्भिक भएकाले क्षमा याचनासहित हटाइएको छ ।- सम्पादक)

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै