National

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर, रकम जम्मा र भुक्तान गर्न सहज हुने

Krishi Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं । कृषि विकास बैंकले पोखरामा थप एक एक्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । 
आयोजित कार्यक्रममा बैंकका संचालक सदस्य हरि प्रसाद पराजुली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाको उपस्थिति रहनुको साथै अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैकका गण्डकी प्रदेश कार्यालय, पोखराका निर्देशक करुणचन्द्र घिमिरेले प्रतिष्ठानका डिन प्रा.डा. नरेन्द्र विक्रम गुरुङ्गलाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा थापाले एक्सटेन्सन काउन्टरबाट तत्काल रकम जम्मा तथा भुक्तान गर्ने खाता खोल्ने कार्यसमेत ब्यवस्था गरिएकोमा खुशी ब्यक्त गरे । साथै कर्मचारी ब्यवस्था गरी शीघ्र अस्पतालको विलिङ्ग काउन्टर संचालन गर्ने पनि बताए । यस्तै उनले एटीएम सेवा संचालन गर्ने र प्रतिष्ठानको माग बमोजिम आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सेवा संचालन गर्ने कार्यसहित कार्यक्रमको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै