National

एनएमबि बैंक र जडिबुटी व्यवसायी संघबीच सम्झौता, भयो सम्झौता पत्रमा हस्ताक्षर

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच सम्झौता भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र संघका तर्फबाट अध्यक्ष विष्णु भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्  । बैंकले देशको दिगो विकासमा सहुलियतपूर्ण कर्जा प्रदान गर्दै टेवा पुर्‍याइरहेको छ भने साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशीलता विकासमा स्थानिय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ ।

बैंकले हाल देशभर १ सय ६७ शाखा, १ सय ३१ एटीएमहरू र ५ एक्सटेन्सन काउन्टरहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै