काठमाडौँ। प्रभु बैंकबाट एशियन भिलेज रिसोर्ट प्रालिका नाममा प्रवाह भएको करिब ४८ करोड रुपैयाँको कर्जा प्रकरणमा बैंकका म्यानेजर रमेश थापाले आफू कर्जा प्रवाह प्रक्रियामा संलग्न नरहेको बयान दिएका छन् ।
घटना विवरणसम्बन्धी कागजातमा थापाले आफू हाल बैंकको एकीकृत सेवा तथा कार्यान्वयन विभागमा म्यानेजरका रूपमा कार्यरत रहेको र विगत ७ महिनादेखि उक्त विभागमा काम गर्दै आएको बताएका छन् ।
त्यसअघि उनी बैंकको मानव संसाधन विभागमा कार्यरत रहेको र करिब ५ वर्षदेखि प्रभु बैंकमा काम गर्दै आएको बयानमा उल्लेख छ । आफ्नो जिम्मेवारीभित्र नपर्ने भएकाले उक्त कर्जा प्रवाहबारे आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ ।
प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ ।
बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पिएको हो ।
उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकका म्यानेजर रमेश थापाले प्रहरीलाई दिएको बयान:

प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’
प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’
प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’
प्रभु बैंक ४८ करोड घोटाला प्रकरण: यस्तो छ बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्तले प्रहरीलाई दिएको बयान
घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।



