प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाको बयान:- ‘क्रेडिट चेनमा मेरो संलग्नता छैन’

काठमाडौँ। प्रभु बैंकका चिफ म्यानेजर सुनिल रानाले पनि बयान दिएका छन्। प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा प्रहरीसमक्ष चिफ म्यानेजर सुनिल रानाले पनि बयान दिएका हुन्।

रानाले कर्जा स्वीकृतिका क्रममा बैंकका सम्बन्धित अधिकारीहरूबाट इमेलमार्फत स्वीकृति लिई ३१ करोड र १७ करोड रुपैयाँ प्रि-डिस्बर्समेन्ट गरिएको विषयमा समेत आफूलाई जानकारी नभएको बताएका छन्।

उनका अनुसार कर्जा फाइलमा क्रेडिट चेनले उल्लेख गरेका विषयहरूलाई बेवास्ता गरी शाखाको इमेलका आधारमा प्रि-डिस्बर्समेन्ट गरिएकोबारे पनि आफूलाई हाल आएर मात्रै जानकारी भएको हो।

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरणमा मुद्दा दायर भएका ५ बैंकरसहित ७ जना बाहेक अन्य ६ जना बैंकरहरुको पनि सीआईबीले बयान लिएको पाइएको छ ।

बैंकको मार्केटिङ विभागमा कार्यरत दिपेन्द्र बाबु बिष्टसहित अन्य ६ बैंकरहरुले पनि प्रभु बैंकको सो घोटाला केसमा बयान दिएको पाइएको हो ।

उनीहरुको बयानसहितको अभियोगपत्र उच्च अदालत पाटनमा दर्ता भईसकेको छ । यस्तो छ बैंकका चिफ म्यानेजर सुनिल रानाले प्रहरीलाई दिएको बयान:

प्रभु बैंकको कर्जा जोखिम विभागमा कार्यरत एन्जल शर्माले पनि दिइन् बयान, ‘मेरो संलग्नता छैन’

प्रभु बैंकका शाखा प्रबन्धक सन्तोष ज्ञवालीको बयान:- ‘ऋण स्वीकृतिको प्रक्रिया माथिल्लो तहबाट हुन्छ’

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रभु बैंकका ५ कर्मचारीसहित ७ विरुद्ध मुद्दा दायर, बिगो र कैद सजायको माग

प्रभु बैंकको ४८ करोड घोटाला प्रकरण: प्रतिवादीबाहेक दिपेन्द्र बिष्टसहित ६ बैंकरले पनि सीआईबीमा दिए बयान, कसले के भने ?

प्रभु बैंक घोटाला प्रकरणका प्रतिवादी राजेन्द्र श्रेष्ठको बयान: ‘फोनमार्फत निर्देशन आएपछि सहीछाप गरेको हो’

घटनाको विस्तृत विवरण बैंकिङ संसार केस स्टडी पेजमा हेर्न सकिन्छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्