National

मुक्तिनाथ विकास बैंकले गर्यो मृतकको ऋण मिनाहा

muktinath bikas bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयहरुबाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ रुपैयाँ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । साना तथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरहँदा सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हुँदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट उक्त राहत वितरण गरेको हो ।
यस बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएका कान्छी मर्हजनको असमायिक निधन भएको हुँदा नीजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः १ लाख ८ हजार ७ सय १७ रुपैंया र १ लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमा गई प्रदान गरेको छ । यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यु भएको हुँदा काज क्रिया खर्च वापत ५ हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरेको बैंकले जनाएको छ ।
यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुँदा निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप ५ हजार रुपैयाँ राहत वितरण गरेको छ । विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरुले सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेको हो ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै