National

‘वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको छ’: गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको बताएका छन् । राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले उच्च रेमिट्यान्स आप्रवाह र वैदेशिक व्यापार घाटा घटेकाले चालु खाता तथा शोधनान्तर स्थिति बचतमा गएको जनाएका छन् । 

उनले सो समारोहमा नेपालले दुई तिहाइभन्दा बढी रकमको आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मुद्रास्फीतिमा परेको चाप क्रमश कम हुँदै गएको छ जानकारी दिएका छन् ।

गभर्नरले चालु आर्थिक वर्षको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि दर लक्षित सीमाभित्रै रहने देखिएको बताएका छन् । यसैगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएको उनको भनाइ छ ।

‘आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ’, अधिकारीले भने, ‘२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै