National

टर्कीको केन्द्रीय बैंकले बढायो ब्याजदर, एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम

काठमाडौँ । टर्कीको केन्द्रीय बैंक (सीबीआरटी) ले ब्याजदर बढाएको छ । सीबीआरटीले मुद्रास्फितिको सामना गर्नका लागि गत वैसाख १३ गतेदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो ।

कमिटीले ५० प्रतिशत ब्याजदर लागू गर्दै आगामी महिनामा हुने मूल्यवृद्धिले ब्याजदर तय हुँदै जाने स्पष्ट पारेको छ ।

कमिटीले जारी गरेको सूचना अनुसार फेब्रुअरी महिनामा मासिक मुद्रास्फिति अपेक्षितभन्दा बढी हुन गएको हो । जसमा सेवा मुद्रास्फीति उच्च रहेको छ ।

टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति दर ६७ प्रतिशत छ । कमिटीले मुद्रास्फीति बढ्न नदिनका लागि आवश्यक परेमा ब्याजदर थप बढाउने स्पष्ट पारेको हो ।

कमिटीका अनुसार मुद्रास्फीतिको दरमा कमी नआएसम्म कडा मौद्रिक व्यवस्थालाई कायम राखिनेछ भने आगामी महिनाका ब्याजदर पनि मुद्रास्फितिकै दरमा अन्तरनिहीत हुनेछ ।

छोटो अवधिमा टर्कीमा ब्याजदर निकै उच्च दरले बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै