काठमाडौँ। नेपाल बैंकका पूर्वअध्यक्ष डा. चन्द्र बहादुर अधिकारी घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । असोज १२ गते अधिकारीलाई विशेष अदालतले सो मुद्दामा दोषि ठहर गरेको हो।
यसअघि नै उनले घुस लिएको पुष्टि भएको थियो। ऋण दिने क्रममा उनले ऋणीसँग घुस लिएको पुष्टि भएपछि उनीमाथि मुद्दा दायर भएको थियो। घुस लिएको पुष्टि भएपछि उनलाई ५ लाख जरिवाना पनि गरिएको थियो।
तनहुँको अकला देवी ट्रेडर्सलाई २५ करोड रुपैयाँ ऋण दिलाइदिने भन्दै अधिकारीले ऋण रकमको दुई प्रतिशत अर्थात् ५० लाख रुपैयाँ घुस मागेको तथ्य फेला परेको थियो।
घुस खाएको प्रमाणित भएपछि जरिवाना तिराएर नेपाल बैंकको सञ्चालक समिति अध्यक्षबाट पनि उनलाई हटाइएको थियो। यो पनि हेर्नुहोस्:
नेपाल बैंकका पूर्वअध्यक्षमाथि ५ लाख जरिवाना, ऋण दिने भन्दै घुस लिएको आरोप, बैंकलाई पत्राचार गरियो !



