नेपाल बैंकका पूर्वअध्यक्षमाथि ५ लाख जरिवाना, ऋण दिने भन्दै घुस लिएको आरोप, बैंकलाई पत्राचार गरियो !

काठमाडौँ। नेपाल बैंकका पूर्वअध्यक्षले घुस लिएको पुष्टि भएको छ । बैंकका पूर्वअध्यक्ष तथा संचालक डा. चन्द्रबहादुर अधिकारीले ऋण दिलाइदिने भन्दै ऋणीसँग घुस लिएको पुष्टि भएको हो।

राष्ट्र बैंकको संचालक समितिको निर्णय अनुसार बैंकलाई पत्राचार समेत गरिएको छ। यस्तो घटना सार्वजनिक भएपछि अधिकारीलाई अर्थ मन्त्रालयले पहिल्यै संचालक पदबाट घटुवा गरिसकेको छ।

घुस लिएको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले उनलाई ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ  ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्