दुर्गा प्रसाईँविरुद्ध अर्बौं ऋण अपचलनको आरोप, सीआईबीद्वारा अनुसन्धान सुरु

काठमाडौँ । दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको आरोप लागेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको अनुसन्धान सुरु गरेको छ।

सीआईबीका प्रवक्ता सुधीरराज शाहीका अनुसार प्रसाईँले विभिन्न बैंकहरूबाट होटल, व्यवसाय र मेडिकल कलेजजस्ता कम्पनीहरूको नाममा लिएको ऋण दुरुपयोग गरेका छन्। राष्ट्र बैंकको अनुरोधपछि बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको हो।

प्रसाईँविरुद्ध झन्डै तीनदेखि चार अर्ब रुपैयाँ बराबरको ऋण अपचलनको आरोप लागेको छ। राष्ट्र बैंकका अनुसार उनले विभिन्न बैंकमा खाता खोलेर ठूलो परिमाणमा ऋण निकालेका थिए।

प्रसाईँलाई गत साता पक्राउ गरिएको थियो । हाल सीआईबीले उनीविरुद्ध थप अनुसन्धानका लागि बयान लिँदैछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्