‘बैंकहरू ऋण लिनु भन्दै ग्राहकहरूको घर दैलोमा पुग्छन्’

काठमाडौँ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाहसँग जोडिएको विषय उठाएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

सभापति थापाले बैंकहरू ऋण प्रवाह गर्नुपर्ने अवस्थामा ग्राहकको घरदैलोमा पुग्ने अवस्था सिर्जना भएको बताएका हुन्।

उनले राजनीतिक परिवर्तनसँगै नागरिकको दैनिक जीवन र आर्थिक अवस्थासँग जोडिएका विषयलाई पनि राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।

‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने। १० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुन: स्थापित गर्ने प्रतीक भएको उनको भनाइ थियो।

खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने उनले बताए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्