- बैंकिङ संसार
काठमाडौं – नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड बागमती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।
प्रदेश प्रमुख पन्थीले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताएका छन् । प्रहरी नायब उपरीक्षक बस्नेतले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताएका छन् ।
बैंकले नेपाल सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा पनि रकम प्रदान गरिसकेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाएका छन् ।