National

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य, यस्ता छन् सम्झौताका बुदाहरुः

 Kumari Bank
  • बैंकिङ संसार 
काठमाडौं । कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकको प्रधान कार्यालय टंगालस्थित एक कार्यक्रममा आधिकारिक रूपमा छुट सम्बन्धी सम्झौता भएको हो । कुमारी बैंकका तर्फबाट रिलेशनशिप म्यानेजर उदित बहादुर सिंह र सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकका ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा सुविधानगरस्थित सिद्धार्थ ग्रुप अन्तर्गत पर्ने रेस्टुरेन्टहरुको खानपानमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै, ग्राहकहरुले होटेल बसाईको शुल्कमा पनि आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 
कुमारी बैंकले नेपालभरी २ सय ३ शाखा सञ्जाल, १ सय ३८ एटिएम, २२ शाखारहित बैंकिङ र १३ एक्स्टेन्सन काउन्टरमार्फत ग्राहकहरुलाई आधुनिक सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै, बैंकले आगमी दिनमा पनि सरल,सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै